अधिकारी सरकारले ल्यायो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र
पाेखरा | जेठ ८, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक गरेको छ ।
नीति तया योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री अधिकारीले परिमार्जित आधारपत्र मन्त्रिपरिषदबाट पारित गराएर (मंगलबार) आज सार्वजनिक गरेका हुन् ।
संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई अवलम्बन नगरिएको र पञ्च वर्षीय योजनासँग तालमेल नमिलेकाले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले सार्वजनिक गरिएको आधारपत्र परिमार्जन गरिएको मुख्यमन्त्री अधिकारीले सुनाए ।
अधिकारीले राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरे पनि त्यसलाई अवलम्बन नगरेको पाइएकाले आधारपत्र परिमार्जन गरिएको स्पष्ट पारे ।
यस्ता छन् दोस्रो आवधिक योजनाका उद्देश्यहरू:-
- आर्थिक वृद्धि एवम् विकासका लाभको समतामूलक र न्यायोचित वितरण मार्फत समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु,
- मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवम् उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशिला निर्माण गर्नु,
- गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशबासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नु
गण्डकी प्रदेश विकासका समष्टिगत रणनीतिहरू देहायबमोजिम रहेका छन्:-
- उत्पादन तथा उत्पादकत्व र दिगो आर्थिक वृद्धि गर्ने,
- मानव पूँजी निर्माण तथा व्यावपूर्ण समाजको स्थापना गर्ने
- दियो तथा जापानशीन पूर्वाधार विकास तथा अभिवृद्धि गर्ने हरित कार्वन तस्य तथा जलवायु बनुकूलनका कार्य र स्वच्छता अभिवृद्धि गर्ने
- विकास प्रक्रिया तथा नतिजामा लैंगिक समानता तथा समावेशिता कायम गर्ने,
- नवीन ज्ञान तथा प्रविधिको अभ्यास र प्रतिस्पधी क्षमता अभिवृद्धि गर्ने,
- श्रोत परिचालन, सुशासन अन्तरसम्वन्ध र साझेदारीलाई सवलीकरण तथा सुदृढीकरण गर्ने,
तय गरेका प्रादेशिक विकास तथा रूपान्तरणका प्राथमिक क्षेत्रहरू:-
- शुद्ध प्रादेशिक अर्थतन्त्रको निर्माण प्रभावकारी वार्षिक नीति तथा स्रोतः व्यवस्थापन,
- संरक्षणजलाधारदिगो बन व्यवस्थापन जैविक विविधता तथा
- बजारमुखी औधोगीक उत्पादन एवम् दिगो पर्यटन, सर्वसुलभ स्वास्थ्य तथा जनसाडिख्यक लाभ
- मानव पूँजी निर्माणसिपयुक्तशिक्षित, सुसंस्कृत तथा
- मर्यादित्त श्रम, गरिवी न्यूनिकरण तथा सामाजिक संरक्षण,
- दिगो तथा उत्थानशील पूर्वाधार निर्माण,
- स्वच्छ ऊर्जा, जलस्रोत तथा खानेपानी व्यवस्थापन,
- सन्तुलित वातावरण र जलवायु तथा विपद् उत्थानशीलता,
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण,
- सुदृढ शासन, सेवा प्रवाहर तहगत सम्बन्ध
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

